आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा छाड्न अदालतको आदेश

गोकर्णेश्वर खबर२८ मंसिर २०८०, बिहीबार २१:४१ मा प्रकाशित (४ महिना अघि) २७५ पाठक संख्या

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।

त्यसदिन पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै छाड्न अस्वीकार गरेपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।