आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

बारामा प्रहरीको गोली लागेर घाइते भएका युवकको मृत्यु

गोकर्णेश्वर खबर२७ मंसिर २०८०, बुधबार १७:३७ मा प्रकाशित (४ महिना अघि) २७८ पाठक संख्या

बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।

सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएकी अन्दाजी २४,२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।