आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

देउवासँग भिडौं,हाम्रो समूहमा नभिडौं, शेखरलाई संसदीय दलको नेता बनाउन लागौं : गगन

गोकर्णेश्वर खबर२७ मंसिर २०८०, बुधबार १७:३५ मा प्रकाशित (४ महिना अघि) ३३० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा संसदीय दलको नेता परिवर्तन गर्न प्रयास गर्नुपर्ने बताएका छन् ।

बुधबार शेखर–गगन पक्षको भेलामा उनले समूह एकढिक्का भई शेखर कोइरालालाई संसदीय दलको नेता बनाउन प्रयास गर्नुपर्ने बताएका भेलामा सहभागी एक नेताले बताए ।

‘हामी एकतावद्ध भएर संसदीय दलको नेता फेर्न लागौं, देउवा नै प्रधानमन्त्री हुने अवस्था भयो भने २०८२ मा महाधिवेशन हुन सक्दैन’, ती नेताले भने ।

थापाले १४ औं महाधिवेशनबाट बनेको शेखर–गगन समूह एकतावद्ध हुन नसकेकामा असन्तुष्टि जनाए । आफूले समूहभित्रै र पार्टी सभापतिसँग पनि भिड्नुपरेको भन्दै थापाले भने, ‘समूह एकतावद्ध हुने हो भने देउवासँग भिडौं, हाम्रो समूहमा नभिडौं’, थापाको भनाइ उधृत गर्दै ती नेताले भने ।