आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गुटगत भेलापछि शेखरले भने- गगनजी र मबीच एजेन्डामा कुनै पनि मतभेद छैन

गोकर्णेश्वर खबर२७ मंसिर २०८०, बुधबार १७:१० मा प्रकाशित (४ महिना अघि) २४७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफ्नो समूहभित्र कुनै समस्या नभएको बताएका छन् ।

बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजित समूहको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले आफ्नो समूह ठीक ढंगले चलिरहेको बताएका हुन् ।

समूहमा समस्या आएको हो भन्ने प्रश्नमा कोइरालाले भने, ‘समूहमा समस्या थिए र छैन पनि । ठीकठाक छ ।’ उनले समूहका राम्रोसँग नचलेको भन्ने विषयमा कुरा उठाउने सबैले पाउने बताए ।

नेता कोइरालाले आफू र महामन्त्री गगन थापाबीच कुनै मतभेद नरहेको बताए । ‘गगनजी र मबीच एजेन्डामा कुनै पनि मतभेद छैन,’ उनले भने । कोइरालाले गगनको उमेर र आफ्नो उमेर फरक भएकाले सोचाइमा भने फरकपन हुने बताए ।

‘उहाँको उमेर र मेरो उमेर फरक छ । त्यसैले उहाँको सोचाइ र मेरो सोचाइमा पनि फरक होला,’ उनले भने, ‘एजेन्डामा भने हामीबीच कुनै मतभेद छैन ।’ कोइरालाले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार तय गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताए ।