आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गोकर्णेश्वरमा तर्दथ समिति गठन

गोकर्णेश्वर खबर२६ मंसिर २०८०, मंगलवार २०:४५ मा प्रकाशित (४ महिना अघि) ३९३ पाठक संख्या

मंसिर २६, काठमाडौँ । सूचनाको हकका लागि राष्ट्रिय महासंघ गोकर्णेश्वर नगरपालिकाको तर्दथ समिति गठन भएको छ ।

आज (मंगलबार)गोकर्ण शहिद तथा शान्ति स्मारक पार्कमा बसेको छलफल तथा भेलाले आर्दश क्षत्रीको संयोजकत्वमा तर्दथ समिति गठन गरिएको छ । त्यस्तै सचिवमा राजकुमार केसी र समितिमा बसन्ती लामा, बैकुण्ठ महत, रामहरी भण्डारी, दिनेश श्रेष्ठ, रमेश भण्डारी, कृष्णप्रसाद चौलागाई, इश्वर तामाङ सदस्य रहेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्द, उपत्यका अध्यक्ष पूर्णप्रसाद मिश्र र उपत्यका केन्द्रीय सदस्य भीम लामा, शहिद पार्क बन उपभोक्त समितिका अध्यक्ष सुर्दशन सिग्देल, जिल्ला महासंघ जिल्ला सदस्य बिदुर सापकोटा, अस्मिता खत्री लगायतको उपस्थितिमा भएको सो भेला भएको हो ।

सार्वजनिक निकाय तथा नागरिकको चासो राख्ने विषयमा सूचना माग गर्ने र अभ्यासमार्फत स्थानीय तहदेखि संघीय तहसम्मा हुने गरेको भ्रष्टाचारको अन्त्यका गर्न महासंघले कार्य सम्पादन गर्दै आएको छ । नागरिक र सार्वजिक निकायमा सूचना माग्ने र दिने व्यवस्थालाई कार्यन्वयनमा ल्याउन महासंघले देशभर अभियान सञ्चालन गर्दै आएको छ । सो अभियान अन्तरगत गोकर्णेश्वर नगरपालिकामा पनि समिति गठन गरेको केन्द्रीय सदस्य भीम लामाले जानकारी दिए ।

नगरपालिका भित्र रहेको सार्वजनिक निकाय, संघसंस्था, वित्तिय संस्था, उपभोक्त समिति तथा विकास निर्माणमा अनिमियतता रोक्नका लागि संविधानले प्रदान गरेको अधिकारलाई कार्यन्वयनमा ल्याउने अभियानलाई सार्थक बनाउनेमा विश्वास व्यक्त गरेका छन् ।

भेलालाई सम्बोधन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले नागरिकको अनुहारमा खुशी ल्याउने अभियानलाई प्रभावकारी रुपामा अगाडी बढाउन नवगठित नगर समितिलाई शुभकामना सहित निर्देशन दिए । सूचनाको हकलाई स्थानीय नागरिकसम्मा प्रत्यभूति गराउन नगर समितिको सहायताले पूरा गर्नेमा विश्वास व्यक्त गरे ।