आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन सक्दैन् : अध्यक्ष ओली

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १५:१० मा प्रकाशित (४ महिना अघि) २५६ पाठक संख्या

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन् ।

सोमबार मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकास र दिगो रक्षाका लागि देशभक्त, सुशासन, शान्ति, विकास प्रेमी र जनताका समस्या हेर्ने पार्टी नेकपा एमालको एकल बहुमतको सरकार बन्न आवश्यक रहेको बताए ।

उनले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाई पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पूरा नभएको उल्लेख गरे । उनले अब एमाले फेरि उठेर देशको लोकप्रिय पार्टी बनेको भन्दै अब लोकप्रिय मात्रै नभई बहुमतसहितको सरकार बनाएर बलियो शक्ति बन्ने बताए ।

उनले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाई अगाडि बढ्न आवश्यक रहेको बताए । उनले राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने बताए ।