आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

डा. गौतमले राजीनामा दिएपछि संघीय संसदको महासचिवमा पाण्डे सिफारिस

गोकर्णेश्वर खबर२५ मंसिर २०८०, सोमबार १४:२० मा प्रकाशित (४ महिना अघि) २२८ पाठक संख्या

काठमाडौं । संघीय संसदको महासचिवमा पद्‌म प्रसाद पाण्डे सिफारिस भएका छन् ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले राजीनामा दिएपछि सोमबार महासचिवमा पाण्डे सिफारिस भएका हुन् । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

डा. गौतमले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर राजीनामा बुझाएका थिए । राष्ट्रपति कार्यालयले गौतमको राजीनामा भने स्वीकृत गरिसकेको छैन । संघीय संसदको महासचिव संघीय संसदका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि गौतम गौतम २२ वैशाख २०७७ मा संघीय संसदको महासचिवमा नियुक्त भएका थिए ।