आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोशीका मुख्यमन्त्रीले कार्कीले पाए विश्वासको मत,भन्छन्- सहमतीय सरकार बनाउने प्रयास गर्छु

गोकर्णेश्वर खबर१ कार्तिक २०८०, बुधबार १७:०९ मा प्रकाशित (६ महिना अघि) १४१ पाठक संख्या

काठमाडौं । कोशीका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार बनामउन प्रयास गर्ने प्रतिक्रिया दिएका छन् । संविधानको धारा १६८(५) अनुसार कांग्रेसमा विद्रोह गरी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई बुधबार संघीय सत्ता गठबन्धनमा रहेका सबै दलले विश्वासको मत दिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा उनले राखेको विश्वासको मतको प्रस्तावमा ८६ सांसदले समर्थन गरे । उनलाई एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपाले विश्वासको मत दिएका हुन् । राप्रपाले भने विपक्षमा मतदान गरेको थियो ।

यसरी सत्ता गठबन्धन र एमालेको समेत समर्थन पाएका कार्कीले सहमतीय सरकार बनाउन प्रयास गर्ने बताएका हुन् । अहिले उनले कांग्रेसका विद्रोह गरेका आठमध्येका एक जनालाई र एमालेका एक जनालाई मन्त्री बनाएका छन् ।

प्रदेशसभाबाट विश्वासको मत लिएसँगै उनले अब मन्त्रिपरिषद् विस्तार गर्नेछन् । एमाले पनि सरकारमा सहभागी भएकाले माओवादी केन्द्रले के गर्छ भन्ने चासोको विषय बनेको छ । आज बसेको कांग्रेस प्रदेश संसदीय दलको बैठकले कार्कीको विद्रोहलाई अनुमोदन गरेकाले अब कांग्रेसमा भने विवाद सकिएको छ ।