आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कामनपा नगर प्रहरी प्रमुख राजु पाण्डेको बढुवा

गोकर्णेश्वर खबर३० आश्विन २०८०, मंगलवार २१:५५ मा प्रकाशित (६ महिना अघि) ३०६ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको बढुवा गरेको छ ।

हाल नगर प्रहरी उपरीक्षक रहेका पाण्डेलाई मंगलबार बसेको कार्यपालिका वैठकले नगर प्रहरी वरिष्ठ उपरीक्षक पद दिने निर्णय गरेको हो ।

महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुख एसएसपी हुने प्रावधान छ । सोही अनुसार कार्यपालिका वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रस्ताव गरेको ३ जना एसपीको नाममध्ये पाण्डेको नाम एसएसपीमा सर्वसम्मतिले निर्णय गरेको प्रवक्ता नविन मानन्धरले बताए ।

समितिले एक नम्बरमा पाण्डे, दुई नम्बरमा विष्णु जोशी र ३ नम्बरमा दिनेश अर्यालको नाम सिफारिस गरेको थियो । कार्यसम्पादन मुल्यांकन, वरियताको आधारमा पाण्डेको नाममा निर्णय गरेको मानन्धरले बताए ।