आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोशीको मुख्यमन्त्रीमा पेश गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई आग्रह

गोकर्णेश्वर खबर२६ आश्विन २०८०, शुक्रबार १५:५३ मा प्रकाशित (६ महिना अघि) २०८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ ।

प्रदेश महामन्त्री उमेश थापाका अनुसार समितिको बैठकले पार्टीलाई एकतावद्ध बनाउन कोशी संसदीय दललाई अनुरोध गरेको छ ।

बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको थापाले बताए ।

केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।