आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप १ जना पक्राउ

गोकर्णेश्वर खबर१७ आश्विन २०८०, बुधबार १५:५४ मा प्रकाशित (६ महिना अघि) ३६ पाठक संख्या

काठमाडौँ । भेपमार्फत भएको सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन्।

संयुक्त अरब इमिरेट्स यूएईबाट गत पुसमा इलेक्ट्रिक सिगरेट ९भेप० मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो।

पछि भन्सारकै कर्मचारीले गायब पारेका थिए। यही प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ।

फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो।

सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्।

तर सुन ल्याउने दावा जिन भने नेपालमा अनुसन्धान सुरु भएपछि चीन फर्किएका थिए।