आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौँमा आज पनि शिक्षकको विरोध प्रदर्शन (फोटो फिचर)

गोकर्णेश्वर खबर४ आश्विन २०८०, बिहीबार १७:२५ मा प्रकाशित (७ महिना अघि) १८६ पाठक संख्या

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । उनीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा देशभरका शिक्षकहरू सहभागी छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो। आन्दोलनका कारण माइतीघर, सिंहदरबार र नयाँबानेश्वरको सडकमा यातायात ठप्प छ।

प्रदर्शनमा सहभागी शिक्षकहरुले महासंघले उठाएको मागलाई तत्काल सम्बोधन गर्नुपर्ने भन्दै नारबाजी गरेका छन् । बुधवारबाट सुरु भएको काठमाडौँ
बानेश्वरमा केन्द्रीत प्रदर्शनमा प्रहरी र शिक्षकहरुबीच केहीबेर धकेलाधकेल समेत भएको छ ।

महासंघले संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।
शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ।

(फोटो फिचर)