आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

कोशी प्रदेशको विवाद हेर्दाहेर्दैमा

गोकर्णेश्वर खबर१९ भाद्र २०८०, मंगलवार १८:३५ मा प्रकाशित (७ महिना अघि) ६९ पाठक संख्या

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतमाथि उठेको विवादमाथिको सुनुवाइले बिहीबार पनि निरन्तरता पाउने भएको छ ।
सर्वोच्च अदालतले मंगलबार दिनभर सुनुवाइ गरेपछि मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश गरेको हो ।

मंगलबार दिनभर सरकारी वकिल, कोशी प्रदेशको मुख्य न्यायाधीवक्ता कार्यालयका मुख्य न्यायाधीवक्ता लगायतले बहस गरे ।

थापाको पक्षका कानून व्यवसायीहरुको बहस लम्बिएपछि निवेदकका कानून व्यवसायीले जवाफी बहस गर्ने समय पाएनन र मुद्दा बीहीबारका लागि सुनुवाइ हुने भनी आदेश भएको हो ।