आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सुन तस्करी प्रकरण : सीआईबीले लियो पूर्वउपराष्ट्रपतिका छोरासँग बयान

गोकर्णेश्वर खबर१९ भाद्र २०८०, मंगलवार १७:४३ मा प्रकाशित (७ महिना अघि) १२५ पाठक संख्या

काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग सम्पर्क देखिएपछि बोलाएर बयान लिइएको स्रोतले जनाएको छ।

गत साउन ३ मा राजश्व अनुसन्धान विभागले हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । अहिलेसम्म प्रहरीले यस प्रकरणमा २७ जनालाई पक्राउ गरेको छ।