आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

अहिले भन्सारमा जे छोयो त्यही सुन निस्कन्छ,अवैध रूपमा दिनकै सय किलो सुन नेपाल भित्रिरहेको छ : ओली

गोकर्णेश्वर खबर२८ श्रावण २०८०, आईतवार १४:१५ मा प्रकाशित (८ महिना अघि) १०० पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा दैनिक सय किलो अवैध सुन भित्रिरहेको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले दिनकै सय किलो सुन विभिन्न भन्सारबाट अवैध तरिकाले नेपाल भित्रिरहेको बताएका हुन्।

उनले अहिले भन्सारमा जे छुँदा पनि सुन नै निस्किने दाबी गरे।

‘ब्रेक सु छोयो सुन, सिगरेट छोयो सुन, एउटा मोटर ल्यायो सुन, एउटा आइटम सुन अर्को आइटम सुन, जे ल्याउँदा नि सुन,’ उनले भने।

कैयौं भन्सारमा चेकजाँच नै नहुने उनले बताए। त्यसकारण कम राजश्व उठेको उनले बताए। ‘अरू नाकाहरू चेक नै भएको छैन। राजश्व किन उठ्दैन, किनभने भन्सारबाट कारोबार नै हुँदैन,’ उनले भने।

यी सबै कुरामा सरकारको संलग्नता के छ राम्ररी हेर्न र छानबिनका लागि एमालेले समिति बनाउन माग गरेको तर, सरकार पहिल्यै डराएको उनले बताए।

‘संलग्नता छैन भने छानबिन पुष्टि गर्छ। सरकार पहिल्यै किन तर्सेको?,’ उनले भने।