आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

कोशी प्रदेशलाई ‘मैले त किराँत प्रदेश ठिक छ’ भनेको छु-प्रधानमन्त्री प्रचण्ड

गोकर्णेश्वर खबर२५ श्रावण २०८०, बिहीबार ०६:५९ मा प्रकाशित (९ महिना अघि) ८१ पाठक संख्या

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरण गर्नु अघि किराँत प्रदेशका लागि आफूबाट पहल भएको बताएका छन् ।

बुधवार नेपाल आदिवासी जनजाति महासङ्घद्वारा आयोजित विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै अहिले म प्रधानमन्त्री हुनुको नाताले जसले पहिचानको आन्दोलनलाई समावेशी र समानुपातिकताको आन्दोलनको नेतृत्व गर्‍यो । यसले प्रदेशको नामकरण गर्दा पहिचान झल्कने गरोस् भन्ने तपाईँहरूको आवाजको गम्भीरता र संवेदनशीलतालाई बुझेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने‚ ‘२०८४ को चुनावमा पहिचान पक्षधरलाई बहुमत दिए सांसदबाटै सबै प्रदेशका नाम संशोधन गर्न सक्नेछ ।’
उनले पहिचानसहितको सङ्घीयता ल्याउन माओवादीलाई जनमत प्राप्त नभएको बताए ।

दिवसको अवसरमा भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा आदिवासी जनजातिहरूको आआफ्नो पहिरन झल्किने र पहिचान देखिने सांस्कृतिक झाँकीहरू प्रस्तुत गरेका थिए ।