आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

गोकर्णेश्वर खबर२० असार २०८०, बुधबार १५:५७ मा प्रकाशित (९ महिना अघि) ११२ पाठक संख्या

दाङ । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।

सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।

बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।

त्यसपछि तुलसीप्रसाद चौधरी बोलिरहेका बेला विद्युत गयो । उनले सम्बोधन सकाएलगतै सभामुखले जेनेरेटरमा आगलागी भएकाले बैठक १० मिनेटलाई स्थगित गरेको बताए ।