आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

सांसद कल्याणी खड्का सवार गाडी दुर्घटना

गोकर्णेश्वर खबर९ असार २०८०, शनिबार १८:०६ मा प्रकाशित (१0 महिना अघि) ७६ पाठक संख्या

दाङ । रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ।

शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका ३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो।

कर्णाली प्रदेश ०२(००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी खड्कासहित ७ जना सवार रहेको इलाका प्रहरी कार्यालय चौरजहारी रूकुम पश्चिमले जनाएको छ।

गाडी अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले घाइतेको उद्धार गरी मिसन अस्पताल चौरजहारीमा पठाएको छ। घाइते सबै सामान्य नै छन् ।

घटनाको थप अनुसन्धान अघि बढाएको छ।