आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

किसानलाई पेन्सनको व्यवस्था गरौं : प्रभु साह

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार १५:५३ मा प्रकाशित (१0 महिना अघि) १२७ पाठक संख्या

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

कृषि क्षेत्रको प्रोत्साहनका लागि, किसानको सम्मानको लागि पनि उनीहरुलाई पेन्सन दिने व्यवस्था गर्न सरकारले आँट गर्नुपर्ने उनको तर्क थियो।

बुधबार प्रतिनिधि सभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले लुटेर बसेका कर्मचारीहरुलाई पेन्सन दिने तर किसानलाई नदिने काम नगर्न पनि सरकारलाई सचेत गराए।

उनले विनियोजित बजेटले कृषि क्षेत्रतर्फ आकर्षित गर्न सक्ने सम्भावना नरहेको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान पुर्‍याउन सरकारलाई सुझाव दिए।

अध्यक्ष साहले गरिबलाई पनि पढ्नसक्ने वातावरणको निर्माण हुने गरी शिक्षा क्षेत्रमा बजेटको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।