आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना : २ जनाको मृत्यु,३ घाइते

गोकर्णेश्वर खबर५ असार २०८०, मंगलवार १८:१९ मा प्रकाशित (१0 महिना अघि) २१३ पाठक संख्या

धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते भएका छन् ।

घाइते ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिवेश चौधरीले जानकारी दिए ।

‘दुई जनाको निधन भएको र शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जानकारी आएको छ,’ चौधरीले भने ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको उनले बताए ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।