आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

किसानहरूले उचित मूल्य नपाएपछि कालीमाटीको सडकमा फालियो गोलभेँडा

गोकर्णेश्वर खबर३ असार २०८०, आईतवार १६:५९ मा प्रकाशित (१0 महिना अघि) २७८ पाठक संख्या

काठमाडौं । कालीमाटीको सडक किनारमा किसानहरूले गोलभेँडा फालेका छन्।

आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार आएका किसानहरूले उचित मूल्य नपाएपछि सडकमै फालेका हुन्।

किलोको ८ रूपैयाँमा कसरी बेच्नु । एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आन्दोलित किसान नन्दलाल रोकायाले भने।

काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन्।

एक क्रेटमा सय रूपैयाँ पनि आउँदैन, आधा भन्दा बढी बिचौलियाले खाइदिन्छ। यसरी बेच्नुभन्दा नबेच्नु ठिक लागेर फालेका हौं, रोकायाले भने।

रोकायाले कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनाले पनि किसान मारमा पर्ने बताए।
उनले उचित मूल्य नपाए माइतीघर र सिंहदरबारअगाडि गोलभेँडा फाल्ने चेतावनी दिए।