आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

वर्षाका कारण नेपाल र भारतबीचको खेल रद्द

गोकर्णेश्वर खबर३२ जेष्ठ २०८०, बिहीबार १४:५० मा प्रकाशित (११ महिना अघि) २८ पाठक संख्या

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ ।

वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक/एक अंक पाएका छन् ।

समूह बी मा नेपालले दुई खेलपछि एक अंक छ भने भारतले ३ अंक जोडेको छ ।

बिहीबारै तय भएको पाकिस्तान ए र हङकङबीचको खेल पनि रद्द भएको थियो ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग प्रतिस्पर्धात्मक खेलमा ९ रनले पराजित भएको थियो ।