आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

किशोरीलाई बन्धक बनाएर दुर्व्यवहार गरेको अभियोगमा चिनियाँ नागरिक पक्राउ

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७९, आईतवार १८:१९ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

१४ फागुन, काठमाडौं । किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको फुजिन सी मेन घर भई हाल ललितपुर महानगरपालिका–२२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ छन् ।

उनले नेपाली किशोरीहरुलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिका–२२ सोह्रखुट्टेस्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको छ । कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीया किशोरीलाई बलात्कार गरेको खुलेको छ ।

प्रहरीका अनुसार ती चिनियाँ नागरिक याङ लि मिङलाई शनिबार साँझ ललितपुर बुङमतीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु भईसकेको छ ।