आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

गोकर्णेश्वर खबर१९ माघ २०७९, बिहीबार ०८:४३ मा प्रकाशित (१ साल अघि) ४४ पाठक संख्या

१९ माघ, काठमाडौं । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गएराति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्याइएको छ।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला त्यहाँ ल्याइएको हो।

यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका-६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ पुगेको हो।

अयोध्या प्रवेशसँगै श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शिला ल्याएर यहाँ आइपुगेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।