आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

मुलखर्कको सोनाम छ्योईलिङ गुम्बामा सोनाम ल्होसार मनाईयो

गोकर्णेश्वर खबर९ माघ २०७९, सोमबार ०९:१९ मा प्रकाशित (१ साल अघि) ३६२ पाठक संख्या

९ माघ, काठमाडौं । गो.न.पा वडा नं. १ मूलखर्क स्थित सोनाम छ्योईलिङ गुम्बामा सोनाम ल्होसार मनाइृएको छ । सोनाम ल्होछार (मन्जुश्री सम्बत २८५९औ ह्योइ/तावार ल्हो) को अवसरमा सोनाम ल्होसार मनाइृएको हो ।

कार्यक्रम प्रतिनिधिसभा सदस्य सन्तोष चलिषेको प्रमुख तातिथ्यता, नगर प्रमुख दीपक रिजालको विशिष्ट आतिथ्यता तथा वडा नं. १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ, गोनपा ३ का पूर्व वडा अध्यक्ष राजेन्द्र भण्डारी, गो.न.पा.का युवा तथा खेलकुद संयोजक संजय लामा लगायतको आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा शुभकामना आदानप्रदानका साथै संस्कृतिक कार्यक्रम गरिएको थियो ।