आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

माघ ८ र ९ गते काभ्रेको भुम्लु गाउँपालिकामा सोनाम ल्होसारको विदा

गोकर्णेश्वर खबर६ माघ २०७९, शुक्रबार १८:४१ मा प्रकाशित (१ साल अघि) ३६ पाठक संख्या

६ माघ, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिकामा सोनाम ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ ।

सोनाम ल्होसारको अवसरमा माघ ८ र ९ गते दुई दिन गाउँ कार्यपालिकाले स्थानीय विदा दिने सूचना जारी गरेको छ ।

जारी सुचनामा भनिएको छ- ‘ मिति २०७२।१०।०८ गतेका दिन पर्न गएको सोनाम ल्होसारको उपलक्ष्यमा गाउँपालिका भित्र रहेका सार्वजनिक कार्यालयहरुमा मिति २०७९।१०।०८ र ०९ गते गरी २ दिन सार्वजनिक स्थानीय विदा दिने निर्णय भएको हुँदा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।’