आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

जनवरी २२ देखि सिड्नीमा ‘एक्सपर्ट कप फुटबल प्रतियोगिता’ हुने

गोकर्णेश्वर खबर५ माघ २०७९, बिहीबार २०:५४ मा प्रकाशित (१ साल अघि) २०० पाठक संख्या

५ माघ, काठमाडौं । तामाङ रिक्रेयसनल क्लबको आयोजनामा आगामी जनवरी २२ देखि सिड्नीमा “एक्सपर्ट कप फुटबल प्रतियोगिता” हुने भएको छ।

प्रतियोगितामा सिड्नीका स्थानीय विभिन्न १६ टोली सहभागी हुनेछन् ।  प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरि लिग कम नक आउटका आधारमा खेलाइने छ । प्रतियोगिता सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा हुनेछ।

प्रतियोगिताको पहिलो हुने टिमलाई ट्रफी तथा ३ हजार डलर र दोस्रो हुने टिमलाई ट्रफी पदकका साथै १५ सय डलर पुरस्कार पाउने छन् ।

प्रतियोगिताको समूह “ए” मा पारा पार्क, सेन्ट जोर्ज फ्रेन्ड्स, गोर्खा वारियर्स र क्याम्सी छन्। यस्तै समूह “बी”मा टीआरसीसी रेड, नेपाल युनाइटेड, एफसी डाँफे र ग्रानभिल राइनो छन्। समूह “सी”मा माछापुच्छ्रे एफसी, सिड्नी नेप्लीज, वेष्ट युनाइटेड र हंसबी एफसी छन्।

समूह “डी”मा टीआरसीसी निलो, द ब्रिगेड क्लब, सेन्ट जोर्ज नेप्लीज, द राइजीङ गोर्खाबीच भिडन्त हुनेछ।

बिहिबार भएको समूह ड्रमा एक्सपर्ट एजुकेशनका जनरल मेनेजर मन्जित घिमिरे, ब्यापार प्रर्वद्धन ब्यवस्थापक दिक्षा माग्गा, उत्सव अर्याल र अभिनाष उप्रेती, क्लबका तर्फबाट प्रतियोगिता निर्देशक विजय लामा र ज्ञानेन्द्र वाइबा, ब्यवस्थापक विजय लामा, सदस्यहरू फुर्वा लामा, सैजु योञ्जन र जोशाना महर्जन लगायतको उपस्थिति रहेको थियो।