आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

तारेभिर पर्यटन महोत्सवको मन्त्री दामोदर भण्डारीबाट उद्घाटन

गोकर्णेश्वर खबर१ माघ २०७९, आईतवार १७:५६ मा प्रकाशित (१ साल अघि) ५३ पाठक संख्या

१ माघ, काठमाडौं । तारेभिर पर्यटन महोत्सवको आज उद्घाटन भएको छ । आईतबार नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले तारेभिरमा महोत्सवको उद्घाटन गरेका हुन् ।

माघ १ र २ गते दुईदिन चल्ने महोत्सव स्थानीय उत्पादन र संस्कृति प्रवद्धर्न गर्ने उदेश्यका साथ आयोजना हुँदै आएको छ ।

उद्द्धाटन समारोहलाई सम्बोधन गर्दै वीना विभागीय मन्त्री मन्त्री दामोदर भण्डारीले महोत्सवले तारेभिर क्षेत्रको प्रवद्धर्नमा सहयोग पुग्ने बताउनु हुँदै तारेभिर क्षेत्रमा सडक लगायत पूर्वाधारका विकासका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवको उद्घाटन कार्यक्रममा पूर्व संघीय सांसद कृष्ण राई, पूर्व वागमति प्रदेशमन्त्री रामेश्वर फुयाल, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नगर उपप्रमुख सान्नानी लामा, बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उपमेयर अनिता लामा, गोनपा ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, वडा सदस्य बुद्धि बहादुर श्रेष्ठ, सचिन लामा, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ, नेकपा एमालेका गोकर्णेश्वर नगर कमिटि अध्यक्ष उद्धव विष्ट, समाजसेवी हर्क तामाङ, समाजसेवी टि.आर. नेपाल लगायतको आतिथ्यता रहेको थियो ।