आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

आज माघे सङ्क्रान्ति पर्व

गोकर्णेश्वर खबर१ माघ २०७९, आईतवार ०९:३८ मा प्रकाशित (१ साल अघि) ११३ पाठक संख्या

माघ १, काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघ) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ ।

नेपालमा विभिन्न समुदायले माघे संक्रान्तिलाई विभिन्न रुपमा मनाउँने परम्परा रहेको छ । माघे संक्रान्ति देशैभरी मनाईन्छ ।