आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

रुसद्वारा ३६ घण्टे युद्धबिरामको घोषणा

गोकर्णेश्वर खबर२२ पुष २०७९, शुक्रबार ०९:२८ मा प्रकाशित (१ साल अघि) ५७ पाठक संख्या

२२ पुष, काठमाडौं । रुसले ३६ घण्टा युद्ध विरामको घोषणा गरेको छ । रुसी राष्टपति भ्लादिमिर पुटिनले बिहीबार राति आफ्नो सेनाले जनवरी ६ र ७ मा युक्रेनमा आक्रमण नगर्ने घोषणा गरेका हुन् ।

पुटिनले दुई दिनका लागि युद्ध विराम घोषणा गरेका हुन् । धर्मगुरुको अपिलपछि पुटिनले यो निर्णय लिएका हुन् ।

अर्थोडक्स क्रिश्चियनले जनवरी ७ मा मनाउने क्रिसमसलाई लिएर रुसका ७६ वर्षीय क्रिस्चियन धर्मगुरु प्याट्रियार्क किरिलको अपिल गरेका थिए । पुटिनले उनको अपिललाई कार्यान्वयन गरेका छन् ।

गत वर्ष फेब्रुअरीमा युक्रेनमा भएको आक्रमणपछि रुसले युद्ध विराम घोषणा गरेको यो पहिलो पटक हो ।

रुस र युक्रेन दुवै देशमा अर्थोडक्स क्रिसमस मनाइन्छ। यसैगरी रुस, ग्रीस, इथियोपिया र इजिप्ट जस्ता पूर्वी युरोपेली देशहरूमा पनि अर्थोडक्स क्रिसमस मनाइन्छ।