आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

‘मासिक १०० अभियान नेपाल’को छैठौं वार्षिक साधारण सभा सम्पन्न

गोकर्णेश्वर खबर१० पुष २०७९, आईतवार १९:५४ मा प्रकाशित (१ साल अघि) ६२ पाठक संख्या

१० पुष, काठमाडौं । ‘मासिक १०० अभियान नेपाल’को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार हरेक महिनाको दोस्रो शनिवार आयोजना गर्दै आइरहेको जेष्ठ नागरिक भेट घाट कार्यक्रमको ३६ औं शृङ्खला पनि आयोजना गरिएको थियो ।

छैठौं वार्षिक साधारण  सभाबाट अध्यक्ष सन्जय पोखरेलको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष जगन्नाथ चालिसको आय व्यय प्रतिवेदन अनुमोदन भएको छ । यसैगरी सस्थामा आजिवन सदस्य बनेका सदस्यहरुलाइ प्रशंसा पत्र बितरण गरिएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक बुवा आमा, हजुरबा, हजुरआमाहरुलाई हरेक महिनाको दोस्रो शनिवार नियमित उपस्थिति हुन र आफ्ना साथि भाइ हरुलाइ पनि यस कार्यक्रम मा ल्याउन सस्थाका अध्यक्ष पोखरेलले आग्रह गरे ।

घर भित्र लुकेर बसेको गहना स्वरुप वृद्ध आमा बुवाहरुलाइ समाजमा सजाउने काम जेष्ठ नागरिक भेटघाट कार्यक्रम ले गरेको छ । समाज रूपान्तरको लागि जेष्ठ नागरिक भेटघाट जूतो कार्यक्रम गर्ने प्रयास गरेको मासिक १०० अभियान नेपालका अभियानकर्ता बताउँछन् ।