आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

शंखडोल पारिजात महिला समुहद्वारा चालिसे र ठकुरी सम्मानित

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार ०८:३३ मा प्रकाशित (१ साल अघि) ८६ पाठक संख्या

६ पुष, काठमाडौं । शंखडोल पारिजात महिला समुहले आज नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

समुहले काठमाडौं क्षेत्र नं. ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसे, वागमति प्रदेश सभा सदस्य विमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाललाई सम्मान गरेको छ ।

मंगलबार समुहका अध्यक्ष राजिना विष्ट (रोज) ले चालिसे, ठकुरी र रिसाललाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । कार्यक्रममा शंखडोल पारिजात महिला समुहका महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।