आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सहयोगी माविका विद्यार्थीलाई स्कुल स्विटर वितरण

गोकर्णेश्वर खबर६ पुष २०७९, बुधबार ०८:२३ मा प्रकाशित (१ साल अघि) ८५ पाठक संख्या

६ पुष, काठमाडौं । लायन्स क्लब अफ काठमाडौं उत्तरवाहिनी र लियो क्लब अफ काठमाडौँ उत्तरवाहिनीले स्कुल सपोर्ट कार्यक्रम अन्तर्गत मंगलबार विद्यार्थीलाई स्विटर वितरण गरेको छ ।

काठमाडौंमा जाडो बढ्दै गईरहेको समयमा क्लबले गोकर्णेश्वर नगरपालिका ४ मा रहेको सहयोगी माविका विद्यार्थीलाई रु ७५ हजार बराबरको स्कुल स्विटर १५० जना विद्यार्थीहरुलाई वितरण गरेको हो ।

मंगलबार स्विटर वितरण कार्यक्रममा गोनपा ४ का वडा अध्यक्ष जयराम महत, लायन्स क्लब इन्टरनेशनल ३२५ डी का फस्ट भाईस गभर्नर रमेश लामा , सेकेण्ड भाईस गभर्नर सुरेन्द्र बलाय लगायतका लायन्स नेताहरुको उपस्थिति रहेको थियो ।