आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

बालसुधार मा.वि.का विद्यार्थीहरुलाई कराँते खेल पोशाक वितरण

गोकर्णेश्वर खबर५ पुष २०७९, मंगलवार ०९:२६ मा प्रकाशित (१ साल अघि) ३३ पाठक संख्या

५ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. २ नयाँपाटीमा रहेको श्री बालसुधार मा.वि.का विद्यार्थीहरुलाई आज कराँते खेल पोशाक वितरण गरिएको छ ।

नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यतामा सोमबार भएको कार्यक्रममा विद्यालयका ४५ जना बालबालिकालाई कराँते खेल पोशाक वितरण गरिएको हो ।

कार्यक्रम विद्यालय व्यस्थापन समितिका अध्यक्ष राजकुमार पण्डित क्षेत्रीको सभापतित्वमा भएको थियो । कार्यक्रममा नगर खेलकुद संयोजक सञ्जय लामा, प्रधानाध्यापक हेमराज घिमिरे, समाजसेवी विकास श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।