आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तारेभिर महोत्सव व्यवस्थापनका लागि उपभोक्ता समिति गठन गर्ने सुचना

गोकर्णेश्वर खबर५ पुष २०७९, मंगलवार ०९:२१ मा प्रकाशित (१ साल अघि) ४८ पाठक संख्या

५ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ३ ले तारेभिर महोत्सव व्यवस्थापन गर्न उपभोक्ता समिति गठन गर्ने बारे सार्वजनिक सुचना जारी गरेको छ ।

तारेभिर महोत्सव व्यवस्थापनको विनियोजित गरिएको ४ लाखबाट महोत्सव व्यवस्थापन उपभोक्ता समिति गठनका लागि सूचना जारी गरिएको हो ।

वडा अध्यक्ष मुरारी प्रसाद कुइकेलले जारि गरेको सार्वजनिक सुचनामा भनिएको छ “यहि आउँदो २०७९ साल माघ १ गते हुन गइरहेको तारेभिर महोत्सवको लागि गोकर्णेश्वर नगरपालिकाको चालु आर्थिक बर्ष ०७९र०८० को वडा स्तरीय अन्तर्गत सामाजिक विकास तर्फको क्रम शंख्या ५ मा उल्लेखित माघ १ गते तारेभिर महोत्सव शिर्षकमा विनियोजित गरिएको चार लाखको तारेभिर महोत्सव व्यवस्थापनको लागि कार्य गर्न २०७९ साल पौष ८ गते शुक्रबार बिहान ८ बजे तारेभिर आधारभूत बिध्यालय प्राङ्गणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भएकोले सो उपभोक्ता समिति गठन गर्नुपर्ने भएको हुँदा उक्त उपभोक्ता समिति गठन प्रक्रियामा सहभागी हुन वडाका आम उपभोक्ता वडाबासीलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।”