आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सुन्दरीजलमा स्व.कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण

गोकर्णेश्वर खबर३ पुष २०७९, आईतवार १७:३४ मा प्रकाशित (१ साल अघि) ५० पाठक संख्या

३ पुष, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार सुन्दरीजल स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ भएको स्थलमा स्व.कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

मेलम्चीको पानीबाट काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्ने सपना देखेका भट्टराईको पूर्णकदको शालिकको आज सुन्दरीजलमा अनावरण भएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यता तथा खानेपानी मन्त्री उमाकान्त चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई सिन्धुपाल्चोक २ बाट संघीय सांसद तथा पूर्व मन्त्री मोहन बस्नेत, काठमाडौं ३ का संघीय सांसद सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल लगायतका व्यक्तित्वहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वागमति प्रदेश सभा सदस्य विमल ठकुरी लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।