आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

बर्लिनमा रहेको विश्वकै ठूलो एक्वेरियम फुट्यो

गोकर्णेश्वर खबर१ पुष २०७९, शुक्रबार १९:१४ मा प्रकाशित (१ साल अघि) ५३ पाठक संख्या

१ पुष, काठमाडौं । विश्वकै ठूलो भनेर चिनिएको जर्मनीको राजधानी बर्लिनस्थित एक होटलको लबीमा रहेको एक्वारियम फुटेको छ । एक्वेरियम फुटे पछि होटलको लबीका साथै होटल बाहिरको सडक जलमग्न भएको थियो ।

४६ फिट अग्लो र करिब १५ सय विभिन्न थरीका माछा रहेको उक्त एक्वारियम फुटेसँगै दशौं लाख लिटर पानीले ¥याडिसन ब्लु होटलको लबी जलमग्न भएको थियो । उक्त घटनामा दुईजना व्यक्तिसमेत घाइते भएका छन् । एक्वेरियम के कारणले गर्दा फुट्यो भन्नेबारे पत्ता लागेको छैन ।