आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

तारेभिर आधारभुत बिद्यालयका विद्यार्थीलाई कपडा वितरण

गोकर्णेश्वर खबर२६ मंसिर २०७९, सोमबार १५:४२ मा प्रकाशित (१ साल अघि) १४४ पाठक संख्या

२६ मंसिर, काठमाडौं । लक्ष्मी नारायण महिला समुह र समाबेसि दिदि बहिनि समुहले आईतबार तारेभिर आधारभुत बिद्यालयका १०४ जना बालबालिकाहरुलाई सर्ट, पाइन्ट र टोपि वितरण गरेको छ ।

तिहारमा देउसि भैलो खेलेर उठेको रकमबाट १०४ जना बालबालिकाहरुलाई सर्ट, पाइन्ट र टोपि वितरण गरिएको हो । कपडा वितरण कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिकाको समेत सहयोग रहेको आयोजकले बताएका छन् ।

कार्यक्रम प्रधानाध्यापक शिवहरि भण्डारीको सभापतित्व तथा समाजसेवी सरिता रिसालको प्रमुख आतिथ्यता एवम् गोकर्णेश्वर नगरपालिका वडा ८ का सदस्य सीता तिमल्सिना, विद्यालयका अध्यक्ष लक्ष्मण लामा गोल लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन रमा धितालबाट भएको थियो ।