आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

उधौलीको अवसरमा नगर प्रमुख दीपक रिसालको शुभकामना

गोकर्णेश्वर खबर२२ मंसिर २०७९, बिहीबार ०८:१९ मा प्रकाशित (१ साल अघि) २३ पाठक संख्या

२२ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले किराँत समुदायको पर्व उधौलीको अवसरमा नगरपालिकामा बसोबास गर्ने एवम् स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

रिसालले उधौलीको शुभकामना सन्देश दिनुहुँदै उधौली पर्वले प्रकृति र संस्कृति विचको अन्तर्सम्वन्ध बलियो बनाउन प्रेरणा दिने बताउनु हुँदै रिसालले प्रकृतिको सम्मान गर्दै सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।