आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तारेभिर आधारभुत विद्यालयमा न्यानो कपडा ट्रयाकसुट वितरण

गोकर्णेश्वर खबर२२ मंसिर २०७९, बिहीबार ०८:०७ मा प्रकाशित (१ साल अघि) ४२ पाठक संख्या

२१ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाद्वारा वडा नं. ३ मा रहेको तारेभिर आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

नगरपालिकाको सहयोगमा मंगलबार नगर उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको विशेष आतिथ्यता र वडा सदस्य सचिन लामा, नगरपालिकाको सामाजिक परिचालन उपशाखाका अजिता कपाली लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको थियो । तारेभिर आधारभुत विद्यालयका १११ जना विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाकसुट वितरण गरिएको थियो ।

न्यानो कपडा ट्रयाकसुट वितरण गर्दै उपमेयर सान्नानी लामाले चिसो ठाउँका विद्यार्थीहरुलाई विद्यालय जान प्रोत्साहन मिलोस् भन्ने उदेश्यले नगरपालिकाले न्यानो कपडा वितरण गरेको बताईन् । सो अवसरमा नगरपालिकाको सबै क्षेत्रको विकासमा लागि प्राथमिकतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।