आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सुकुम्बासी मोर्चाको माइतीघरमा प्रदर्शन

गोकर्णेश्वर खबर१९ मंसिर २०७९, सोमबार १४:२८ मा प्रकाशित (१ साल अघि) २१ पाठक संख्या

१९ मंसिर, काठमाडौं । सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन भएको छ । सोमबार उनीहरूले माइतीघर मण्डलादेखि नयाँ वानेश्वर चोकसम्म विरोध र्यालीको आयोजना गरेका हुन् ।

प्रदर्शनमा सहभागीले उठिबासको त्रास कहिलेसम्मरु जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।