आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता

गोकर्णेश्वर खबर१५ मंसिर २०७९, बिहीबार ०७:३८ मा प्रकाशित (१ साल अघि) ३५ पाठक संख्या

१५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ ।

यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो ।

एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको अघिल्लो खेलमा उतारेको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो ।

नकआउट चरणमा स्थान पक्का भइसक्दा फ्रान्सले अरु खेलाडीलाई पनि अवसर दिएको हो ।