आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वरमा ‘अन्तर विद्यालय स्तरीय’ हाजिरी जवाफ प्रतियोगिता हुने

गोकर्णेश्वर खबर१२ मंसिर २०७९, सोमबार २२:५४ मा प्रकाशित (१ साल अघि) २५१ पाठक संख्या

१२ मंसिर, काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले ‘अन्तर विद्यालय स्तरीय’ हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकलवारिमा रहेको उक्त विद्यालयले मङ्सिर १६ र १७ गते हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा बढीमा ३६ वटा विद्यालय सहभागी गराइने प्रिन्सिपल सौर्यनाथ आचार्यले जानकारी दिए । प्रतियोगितामा पाठ्यक्रमबाट ६० प्रतिसत गाउँ खाने कथा, धर्म-संस्कृति, खेलकुद, भाषा कला साहित्य, सामान्य ज्ञान, सङ्गीत चलचित्र, समसामयिक र विविधबाट ४० प्रतिसत प्रश्नहरू सोधिने प्रिन्सिपल आचार्यले बताए ।

१६ गते सहभागी विद्यालयहरूबाट छनौट गर्नको लागि सहभागी विद्यालयहरूलाई ५ वा ६ वटा समूहमा विभाजन गरेर प्रति समूहबाट उत्कृष्ट २ समूह दोस्रो चरणमा प्रवेश गर्ने, दोस्रो चरणमा आएकाहरूलाई २ समूहमा विभाजन गर्ने र उक्त समूहबाट उत्कृष्ट ३ गरेर जम्मा ६ टिमलाई अन्तिम चरणमा लगिने उनले बताए ।

१७ गते अन्तिम चरणमा प्रवेश गरेको समूहबाट हाजिरी जवाफ हुने र प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समूहलाई सिल्ड मेडल प्रमाणपत्र र नगद पुरस्कार क्रमशः ७०००, ५०००, ३००० र अन्य फाइनल चरणका समूहलाई सिल्ड तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।