आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

गौशाला धर्मशालाको संरचनामा पशुपति क्षेत्र विकास कोषको डोजर चल्यो

गोकर्णेश्वर खबर१० मंसिर २०७९, शनिबार १३:५८ मा प्रकाशित (१ साल अघि) २५ पाठक संख्या

१० मंसिर, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालाले बनाएका मापदण्डविपरीतका संरचना भत्काउन डोजर चलाएको छ ।

कोषले धर्मशालामा पहिलोपटक डोजर चलाएको हो । कोषबाट अनुमति नलिई संरचना निर्माण गरेको भन्दै शनिबार बिहान गौशाला चोकपट्टिको पर्खालमा डोजर चलाएको हो ।

कोषले ३५ दिने सार्वजनिक सूचना गर्दा पनि अटेरी गरेपछि भत्काउने निर्णय गरी २४ घण्टाको अल्टिमेट दिएर शुक्रबार नै धर्मशालामा सूचना टाँससमेत गरेको थियो । यसअघि पुरातत्त्व विभाग र कोषले पटक पटक पत्राचार गरे पनि नेपाल मारवाडी सेवा समितिले बेवास्ता गर्दै आएको थियो ।