आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौं ४ मा गगन थापा विजयी

गोकर्णेश्वर खबर६ मंसिर २०७९, मंगलवार ११:५४ मा प्रकाशित (१ साल अघि) ७१ पाठक संख्या

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराएका हुन् ।

भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्‍मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।

०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।

०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।