आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

पेमा छिरी शेर्पासहित ४९ जना एमालेमा प्रवेश 

गोकर्णेश्वर खबर२३ कार्तिक २०७९, बुधबार १६:१८ मा प्रकाशित (१ साल अघि) ९५ पाठक संख्या

२३ कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश परिषद् सदस्य पेमा छिरी शेर्पासहित ४९ जना आज नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार कृष्ण राई र प्रदेश (ख) का उम्मेदवार रामेश्वर फुयाँलले अबिर र माला लगाइ पार्टी प्रवेश गराएका हुन् । आज माओवादीका ३७ जना, एकिकृत समाजवादीका ९ जना र जसपाका ३ जना एमालेमा प्रवेश गरेका हुन् ।

पेमा छिरी शेर्पाले केही दिन पहिले माओवादी पार्टी परित्याग गरेको सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए । शेर्पा गत स्थानीय चुनावमा गोकर्णेश्वर नगरपालिकामा माओवादी र एकिकृत समाजवादीको गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार समेत रहेका थिए ।

आज एमालेले उम्मेदवार मतदाता भेटघाट तथा पार्टि प्रवेश कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का एमालेका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।