आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

मूलखर्कका युवाहरुले मर्मत गरे धाप ड्याम पुग्ने छोटो सडक मार्ग

गोकर्णेश्वर खबर१९ कार्तिक २०७९, शनिबार २१:४१ मा प्रकाशित (१ साल अघि) ६४७ पाठक संख्या

१९ कार्तिक, काठमाडौं । विगत १ वर्ष भन्दा बढी समय देखि बन्द भएको मूलखर्क देखि धाप ड्याम पुग्ने छोटो सडक मार्ग स्थानिय ५० जना भन्दा बढी युवाहरुको सहयोगमा मर्मत सम्भार गरि सुचारु भएको छ ।

अन्य सडक मार्ग प्रयोग गर्नु भन्दा यो सडक प्रयोग गर्दा आधा भन्दा बढी दुरी कम हुने भए पनि सडकको अवस्था राम्रो नभएकोले लामो सडकबाटै यात्रा गर्नु पर्ने बाध्यता थियो ।

आज शनिबार दिनभर मूलखर्कका ५० जना भन्दा धेरै युवाहरुले श्रमदान गरी सडक मर्मत सम्भार गरे पछि सो सडक मार्गमा सजिलै सवारी साधनमा यात्रा गर्न सकिने र मूलखर्क देखि धाप ड्याम जान सहज हुने स्थानीय युवा समाजसेवी अनिल तामाङले जानकारी दिए ।

हरेक काम गर्न बजेटको मात्र मुख हेर्नेहरुका लागि आज दिनभर खटिएर मूलखर्कका युवाहरुले गरेको श्रमदानयुक्त काम गतिलो उदाहरण हुने देखिएको छ । सडक मर्मत सम्भार कार्य स्थानीय युवाहरुको सहयोग तथा विजय गुरुङको संयोजनमा भएको थियो ।