आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान गोली लागेर घाईते

गोकर्णेश्वर खबर१७ कार्तिक २०७९, बिहीबार १८:२६ मा प्रकाशित (१ साल अघि) ४० पाठक संख्या

१७ कार्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान गोली लागेर घाईते भएका छन् । खानको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।

खानको पार्टीले केही समय यता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै ¥यालीमा सहभागी केही घाइते भएको बताइएको छ । उनलाई पञ्जाव प्रान्तको वाजिरावादमा गोली प्रहार गरिएको हो ।

गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पु¥याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गरेका छन् । उनले दोषिलाई कडा सजाय दिने बताएका छन् ।