आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

द भ्वाइस अफ अमेरिकामा परिजिता बाँस्तोलालाई नकआउट चरणमा जित हासिल 

गोकर्णेश्वर खबर१५ कार्तिक २०७९, मंगलवार १९:४५ मा प्रकाशित (१ साल अघि) १०५ पाठक संख्या

१५ कार्तिक, काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाले नकआउट चरणको सुरुवातमै जित हासिल गरेकी छन् । नेपाली समयानुसार आज (मंगलबार)देखि सुरु भएको नकआउट प्रतिस्पर्धामा परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच कम्पिटिसन भएको थियो । तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।

परिजिताले नकआउटको यो प्रतिस्पर्धामा एट्टा जेम्सको चर्चित गीत ‘आई वुड ¥यादर गो ब्लाइन्ड’लाई आकर्षक शैलीमा गाएर कोचलाई पुनः मख्ख पारेकी थिइन् । परिजिता आज कुर्था लगाएर मञ्चमा आएकी थिईन् ।

रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको हो ।