आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

भारत गुजरातमा झोलुङ्गे पुल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३२ पुग्यो 

गोकर्णेश्वर खबर१४ कार्तिक २०७९, सोमबार ०९:३४ मा प्रकाशित (१ साल अघि) ११० पाठक संख्या

१४ कार्तिक, काठमाडौं । गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल चुंडिएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको । पुल चुँडिदा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए ।

गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन् ।

यो पुल वर्षौँदेखि बन्द थियो । यो भर्खरै मर्मतसम्भार पछि जनताको लागि पुनः खोलिएको थियो । यो नयाँ पुल गुजराती नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो। दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको भीड लागेको थियो । यद्यपि यो शताब्दी पुरानो पुल के कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन । पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ ।